पेट्रोलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसूची

नेपालभ्युज

पेट्रोलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जनाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

उक्त मूल्यसूची  सोमबार बिहान एक बजेबाट लागू हुने  नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार आइओसीले पेट्रोल (petrol) मा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची आएको निगमले जनाएको छ।

निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको मूल्य यथावत राखिएको जनाइएको छ। यस्तै, डिजेल र मट्टीतेलको मूलय पनि यथावत छ।

नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुने निगमले जनाएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved