कप्तानमा फर्किए बाबर आजम, आसन्न टी- २० विश्वकपमा पाकिस्तानको नेतृत्व गर्ने

नेपालभ्युज

कप्तानमा फर्किए बाबर आजम, आसन्न टी- २० विश्वकपमा पाकिस्तानको नेतृत्व गर्ने

काठमाडौं । पाकिस्तानमा फेरि क्रिकेट कप्तान फेरिएका छन् । अलराउण्डर बाबर आजम (Babar Azam) लाई पुनः फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तानको जिम्मेबारी दिइएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले बाबरलाई टी- २० र एक दिवसीय क्रिकेटको कप्तान बनाएको हो । टी- २० विश्वकप क्रिकेट नजिकिँदै गर्दा बोर्डले भरपर्दा ब्याट्सम्यान बाबरलाई ह्वाइटबलको जिम्मेबारी दिएको हो ।

भारतमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शनपछि बाबरले तीनै फर्म्याटको कप्तानी छाडेका थिए । बाबरको कप्तानीमा एक दिवसीय विश्वकपमा ४ खेलमा जित र ५ खेलमा पराजय भोगेको थियो ।

त्यस लगत्तै भारतबाट पाकिस्तान फर्किएपछि उनले तीन वटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका थिए । बाबरको राजीनामा लगत्तै पाकिस्तान बोर्डले शान मसुदलाई टेस्ट तथा शाहिन साह अफ्रिदीलाई टी- २० को कप्तान बनाएको थियो ।एक दिवसीय कप्तान भने खाली थियो ।

अहिले खराब फर्मबाट गुज्रिरहेका बाबरको कप्तानीमा रहेको पाकिस्तान सन् २०२२ मा एक दिवसीय र टी- २० दुवै वरीयताको शीर्ष स्थानमा थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved