तीन दलका नेताबीच शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने सहमति

नेपालभ्युज

तीन दलका नेताबीच शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने सहमति

काठमाडौं । शीर्ष तीन दलका नेताबीच शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउने, राष्ट्रिय मुद्दामा एकजुट भई अघि बढ्ने, संसदलाई बिजनेस दिने लगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यी विषयमा मिलेर जाने विषयमा सकारात्मक ढंगले छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved