‘रोलेक्स’ घडी खोज्दै पेरूका राष्ट्रपति बोलुआर्टेको घरमा छापा

नेपालभ्युज

‘रोलेक्स’ घडी खोज्दै पेरूका राष्ट्रपति बोलुआर्टेको घरमा छापा

काठमाडौं । भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरूका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन् ।

एएफपीले प्राप्त गरेको प्रहरी दस्तावेजअनुसार बोलुआर्टेले घोषणा नगरेका रोलेक्स घडीको खोजी गरिरहेको उक्त छापामा करिब ४० जना अधिकारी परिचालित गरिएको छ ।

प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्यले’ छापा मारेको पुष्टि गरेको छ ।

बोलुआर्टेले विदेशी उत्पादनको विलासी घडी लगाएको बारेमा रिपोर्ट प्रकाशित गरेपछि अधिकारीहरूले यस महिनाको सुरुमा अनुसन्धान सुरु गरेका थिए तर यसलाई सार्वजनिक रूपमा घोषणा गरिएको थिएन ।

प्रहरी र अभियोजकको कार्यालयबीचको संयुक्त अभियान शनिबारको छापा स्थानीय टेलिभिजन च्यानल ल्याटिनामा प्रसारण गरिएको थियो ।

डिसेम्बर २०२२ मा पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोले कङ्ग्रेसलाई भङ्ग गर्न र आदेशको भरमा शासन गर्ने प्रयास गरेपछि बोलुआर्टेले राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।- एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved