घण्टी बजाउँदै रास्वपाले मिलन लिम्बूलाई गर्यो उम्मेदवार घोषणा

नेपालभ्युज

घण्टी बजाउँदै रास्वपाले मिलन लिम्बूलाई गर्यो उम्मेदवार घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको औपचारिक घोषणा गरेको छ।

पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू शनिबार इलाम पुगेर उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा सभापति लामिछानेले लिम्बूलाई चुनाव चिन्ह घण्टी हस्तान्तरण गरेका थिए। र, उनीहरू दुवैले सँगै घण्टी पनि बजाएका थिए ।

कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य रमेश प्रसाईंलगायत उपस्थित थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved