‘भारत युक्रेनको क्षेत्रीय स्थितिबारे बुझ्न इच्छुक’

नेपालभ्युज

‘भारत युक्रेनको क्षेत्रीय स्थितिबारे बुझ्न इच्छुक’

नयाँदिल्ली । भारतका विदेशमन्त्री एस जयशङ्करले उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच दुई मुलुकबीचको आर्थिक, कुटनीतिक तथा राजनीतिक विषयमा छलफल गरेका छन् ।

विदेशमन्त्री जयशङ्करले हालका महिनाहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धले निश्चित गति लिएको र भारत युक्रेनको क्षेत्रीय स्थितिबारे युक्रेनीहरूको धारणा बुझ्न जिज्ञासु रहेको बताए ।

बैठकको उद्घाटन गर्दै जयशङ्करले भने, “हामी यस भ्रमणको प्रतिक्षामा थियौँ । हालका महिनाहरूमा हामीले विभिन्न तहमा अन्तरक्रिया गरेका छौं, हाम्रा केही द्विपक्षीय संयन्त्रहरू नवीकरण गरिएको वा स्थापना गरिएको छ ।”

उनले थपे, “हाम्रो द्विपक्षीय सम्बन्धले निश्चित गति लिएको छ, आजको यो छलफलपछि हामी अन्तरसरकारी आयोगको बैठकको पनि प्रतिक्षामा छौँ ।”

जयशङ्करले दुई नेताहरूले हाल चलिरहेको द्वन्द्व र यसको व्यापक असरहरूमा केन्द्रित रहेर व्यापकरूपमा खुला दिलले वार्तालाप गरेको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरे ।

कुलेबा बिहीबार जयशङ्करको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि भारत आइपुगेका थिए ।

भारत आइपुगेपछि मन्त्री कुलेबाले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्तालाई अगाडि बढाउने प्रयास गर्ने बताएका थिए । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved