निजी विद्यालयको नाम नेपालीकरण गर्न महानगरले दियो एक महिने अल्टिमेटम

नेपालभ्युज

निजी विद्यालयको नाम नेपालीकरण गर्न महानगरले दियो एक महिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।

महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयलाई यस्तो अल्टिमेटम दिएको हो ।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्था बमोजिम विद्यालयको नामाकरण गर्न समेत सूचनामा भनिएको छ ।

‘नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्नुहुन अनुरोध छ, महानगरपालिका अन्तर्गतको शिक्षा विभागद्वारा जारी सूचनामा भनिएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved