पेटको बलमा सुत्दा महिलालाई हुन सक्ने समस्या

नेपालभ्युज

पेटको बलमा सुत्दा महिलालाई हुन सक्ने समस्या

एजेन्सी । प्रायः घरहरुमा छोरी तथा महिलालाई पेटको बलमा नसुत्न भनिन्छ । तपाईंको मनमा लाग्न सक्छ यस्तो किन भनिएको होला ? आज हामी महिलालाई पेटको बलमा सुत्दा हुने प्रभावको बारेमा बताउन चाहन्छौं ।

महिलाहरुका लागि कतिपय अवस्थामा पेटको बलमा सुत्नु आरामदायक त हुन सक्छ तर यो स्वास्थ्यका हिसाबले नोक्सानदायक छ । जानौं यसरी सुत्नुका नोक्सानका बारेमा–

पेटको बलमा सुत्दा महिलाहरुलाई पेटसँग जोडिएका समस्याहरु हुन सक्छन् । यसले उनीहरुको पेटमा दबाव पर्छ र खाना पनि सही तरिकाले पच्दैन । यस्तोमा अपच, कब्जियत, पेट दुख्ने आदि समस्या हुन सक्छ ।

महिलाहरु पेटको बलमा सुत्दा उनीहरुको छाती तथा स्तनमा पनि दबाव पर्छ । यसले उनीहरुको स्तन दुख्ने समस्या पनि हुन सक्छ ।

पेटको बलमा सुत्ने महिलाहरुको ढाडको हड्डीसँग जोडिएका समस्याहरु हुन सक्छन् । त्यस्तै जो महिलाहरुको तौल धेरै हुन्छ उनीहरु पेटको बलमा सुत्नबाट जोगिनु पर्छ । यसले डिस्क तथा पोस्चरसँग जोडिएका समस्याहरु हुन सक्छन् ।

विशेषगरी गर्भवती महिलाहरु बिर्सेर पनि पेटको बलमा सुत्नु हुँदैन । यसले पेटभित्रको बच्चालाई नोक्सान पुग्न सक्छ । यसो गर्नाले शिशुको विकासमा नकारात्मक असर पर्छ ।

पेटको बलमा सुत्दा महिलाहरुको घाँटीमा पनि समस्या हुन सक्छ । यदी पेटको अप्रेशन गरिएको छ वा पेटसँग सम्बन्धित कुनै समस्या छ भने पनि पेटको बलमा सुत्नु नोक्सानदायक हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved