घोषणा गरेको पुरस्कारको बाँकी रकम उपलब्ध गराउन कप्तान पौडेलको अनुरोध

नेपालभ्युज

घोषणा गरेको पुरस्कारको बाँकी रकम उपलब्ध गराउन कप्तान पौडेलको अनुरोध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले क्रिकेट खेलाडीका लागि घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बिहीबार बिहान काठमाडौंमा एसीसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा कप्तान पौडेलले सरकारले विभिन्न पुरस्कार राशी घोषणा गरेपनि पूरा रकम पाउन बाँकी रहेको बताएका हुन्।

बिदाइ कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ पनि थिए।

सरकारले पुरस्कारराशी घोषणा गरेको रकम सबै प्राप्त नहुँदा चाँडो उपलब्ध गराइदिन रोहितले सरकारलाई अनुरोध गरेका हुन्।

मन्त्री श्रेष्ठले रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved