प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान

नेपालभ्युज

प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनामा दोषी ठहर भएका रविन लामा जेल चलान भएका छन् ।

बुधबार जिल्ला अदालत काठमाडौंले लामाविरुद्ध कैद पुर्जी जारी गरेको हो ।

लामालाई यही मंगलबार कपनबाट काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

लामासहित ६ जनालाई कुटपिट र अंगभंग मुद्दामा गत मंसिर ७ गते जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको थियो ।

उनीहरुलाई सबैलाई दुई/दुई वर्षको कैद सजाय सुनाइएको छ ।

साथै, अदालतले लामाबाट क्षतिपूर्तिबापत पीडित चलाउनेका लागि चार लाख ६९ हजार भराउन पनि आदेश दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved