कोशी प्रदेशका १४ जना अन्तर्राष्ट्रिय खेलाडी पुरस्कृत

नेपालभ्युज

कोशी प्रदेशका १४ जना अन्तर्राष्ट्रिय खेलाडी पुरस्कृत

धनकुटा । कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले अन्तर्राष्ट्रिय पदक प्राप्त १४ खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

प्रशिक्षक तथा खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले नगद, पुरस्कार तथा सम्मान–पत्र प्रदान गरेका थिए ।

बोर्डद्वारा आज धनकुटामा आयोजित कार्यक्रममा कोशी प्रदेशका तीन प्रशिक्षकसहित ११ खेलाडीलाई रु २५ हजारदेखि दुई लाखसम्म नगद पुरस्कार र सम्मान प्रदान गरेको हो ।

सन् २०२२ र २०२३ मा चीनमा भएको १९ औँ एशियाली खेलमा कराँतेका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठ र कबड्डीतर्फ काँस्य पदक विजेता चार खेलाडीलाई जनही नगद रु दुई लाख र सम्मान–पत्र दिइएको छ ।

कबड्डीतर्फ पुरस्कृत हुनेमा मुख्य प्रशिक्षक पार्वती राईसहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई, ईशा राई रहेका छन् । त्यस्तै सन् २०२३ मा मलेसियाको क्वालाम्पुरमा भएको विश्व च्याम्पियनसिप (आइटिएफ) मा तेक्वान्दोमा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद रु ५० हजारसहित सम्मान–पत्र प्रदान गएिको छ ।

त्यस्तै हालै साउदी अरेबियामा भएको फुटबल खेलमा सहभागी भई रजत पदक विजेता महिला टोलीका एक प्रशिक्षकसहित सात खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा प्रशिक्षक श्याम मानन्धर तथा खेलाडी सविता राना मगर, अमिसा कार्की, हीराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत, प्रिती राई र अन्जिला तुम्बापो लिम्बू रहेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved