विस्फोटक ब्याटिङ गरेका कुशल ३४ रनमा आउट

नेपालभ्युज

विस्फोटक ब्याटिङ गरेका कुशल ३४ रनमा आउट

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले छैठौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्ल ३४ रनमा आउट भएका हुन् । उनले १३ बलमा ४ छक्का र १ चौका प्रहार गरे ।

आयरल्याण्डका बेन ह्वाइटले मल्ललाई आउट गरेका हुन् । यसअघि कप्तान रोहित कुमार पौडेल ३३ रन, गुल्शन झा ४६, अनिल साह १२, ओपनर कुशल भूर्तेल २५ र आसिफ शेखले ११ रनमा आउट भए।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved