पाँच सहसचिवको सरुवा, को कहाँ ?

नेपालभ्युज

पाँच सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले आन्तरिक राजश्व विभागका महानिर्देशकसहित पाँच सहसचिवको सरुवा गरेको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्वका महानिर्देशक भुपाल बरालसहित पाँच सहसचिवको सरुवा गरेको हो ।

महानिर्देशक बराललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ भने अर्थमा कार्यरत अर्जुनप्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ ।

यस्तै, नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डीप्रसाद निरौला, वातावरण विभागका महानिर्देशक शिवलाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायणप्रसाद सापकोटाको अर्थमन्त्रालयमा सरुवा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved