गृह जिल्लामा राष्ट्रियसभा अध्यक्ष दाहाललाई सम्मान

नेपालभ्युज

गृह जिल्लामा राष्ट्रियसभा अध्यक्ष दाहाललाई सम्मान

चितवन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल (Narayan Dahal)लाई भरतपुर महानगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ ।

मंगलबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच अध्यक्ष दाहाललाई सम्मान गरिएको हो ।

फागुन २९ गते दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन पुगेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई उचो पार्ने गरी काम गर्ने उल्लेख गरे ।

संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन निर्माण गर्न राष्ट्रिय सभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved