आकाशमा होस्, पातालमा होस्, जिबी राईलाई समातेर ल्याउँछौं : गृहमन्त्री

नेपालभ्युज

आकाशमा होस्, पातालमा होस्, जिबी राईलाई समातेर ल्याउँछौं : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई जसरी पनि पक्राउ गर्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा होस् कि विदेशमा जहाँ भएपनि राईलाई पक्राउ गर्ने बताएका हुन् ।

राईसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै लामिछानेले भने, ‘जीबी राई दोषी रहेछ भने कारबाही हुनुपर्छ । आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं । तर, समय लाग्ला ।’

सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने उनको भनाई छ ।

जोखिम मोलेर रास्वपा सरकारमा गएको उल्लेख गर्दै उनले कसैसँग प्रतिशोध नसाँध्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved