रुकुम पश्चिममा ९५ रोपनीमा लगाइएको अफिमखेती फँडानी

नेपालभ्युज

रुकुम पश्चिममा ९५ रोपनीमा लगाइएको अफिमखेती फँडानी
फाइल फोटो

रुकुमपश्चिम । रुकुम पश्चिमका विभिन्न ठाउँमा लगाइएको लागूऔषध अफिमखेती फँडानी गरिएको छ ।

आठबीसकोट र मुसिकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँमा ९५ रोपनी जग्गामा लगाइएको अफिमखेती फँडानी तथा नष्ट गरिएको हो ।

आठबीसकोट–१ स्याला र २ को कालजुरा भन्ने ठाउँमा ६० रोपनीमा लगाइएको अफिमखेती फँडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार सानीभेरी–३ का तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसिकोट–८ घोरखानीमा एक रोपनी र आठबीसकोट–३ दाङ भन्ने स्थानमा पाँच रोपनी गरेर जम्मा ९५ रोपनी जग्गामा लगाइएको अफिमखेती नष्ट गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।

पाँच दिनको अवधिमा ९५ रोपनी जग्गामा लगाइएको अवैध लागूऔषध अफिमखेती नष्ट गरिएको हो । ग्रामीण बस्ती तथा जङ्गलको बीचमा अफिमखेती बढी लगाउने गरेको पाइएको छ ।

अवैध मानिएको अफिमखेती लुकीछिपी लगाउने गरिएको छ । सूचना प्राप्त गरेसम्म जिल्लामा हरेक वर्ष अफिमखेती नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved