मेटाबोलिज्म सुस्त हुँदा देखिने लक्षण

नेपालभ्युज

मेटाबोलिज्म सुस्त हुँदा देखिने लक्षण

एजेन्सी । मेटाबोलिज्मले शरीरमा ऊर्जा बढाउने तथा कोषिकाहरूको निर्माणमा प्रमुख भूमिका निर्वाह गर्छ ।

मेटाबोलिज्म स्लो हुँदा तपाईंलाई विभिन्न खालका समस्याहरू हुन सक्छन् । यस्तोमा मेटाबोलिज्म सुस्त भइरहँदा शरीरमा कस्ता लक्षणहरू देखिन्छन् यहाँ जानौं ।

यदी शरीरमा मेटाबोलिज्म उच्च छ भने खाएपछि तुरून्त ऊर्जा प्राप्त हुन्छ । त्यहीँ यदी मेटाबोलिज्म सुस्त छ भने खानेकुरालाई ऊर्जामा परिणत गर्न समय लाग्छ जसले गर्दा तपाईंको तौल बढ्न थाल्छ ।

तौल बढ्नु

सुस्त मेटाबोलिज्मको कारणले तौल तीव्र गतिमा बढ्न थाल्छ । जसरी मेटाबोलिज्म उच्च हुँदा खाना सजिलै पचेर ऊर्जामा परिणत हुन्छ भने यस्तो अवस्थामा त्यो प्रक्रिया ढिला हुँदा शरीरमा अतिरिक्त बोसो जम्मा हुन थाल्छ ।

थकान महसुस हुनु

मेटाबोलिज्म सुस्त हुँदा थकान महसुस हुन थाल्छ । साथमा यसले शरीरको ऊर्जा पनि कम हुन्छ ।

कमजोरी

शरीरमा कमजोरी आउनु पनि सुस्त मेटाबोलिज्मको प्रमुख कारण हो । त्यसैले रूघाखोकी, तथा एलर्जीहरूको समस्या पनि हुन थाल्छ ।

छाला सुख्खा

मेटाबोलिज्म स्लो हुँदा छालाको मोइस्चर पनि कम हुन थाल्छ । शरीरमा मेटाबोलिज्मलाई नियन्त्रण गर्ने हर्मोनले छाला र नंग बनाउन पनि सहयोग गर्छ । त्यसैले यो हर्मोनको असन्तुलनले छालामा पनि समस्या देखिन थाल्छ ।

कपाल झर्नु

कपाल झर्नुको एउटा कारण स्लो मेटाबोलिज्म पनि हो । कपालमा प्रयाप्त मात्रामा पोषण जाँदैन जसले गर्दा टुक्रिने झर्ने समस्या हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved