ग्लोबल आइएमईको अटो कर्जामा ग्रिन ड्राइभ योजना, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

नेपालभ्युज

ग्लोबल आइएमईको अटो कर्जामा ग्रिन ड्राइभ योजना, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ ।

यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ ।

कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढीको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ ।

न्यूनतम सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराखेकाहरूलाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved