सातौं पटक म्याद थपेर शर्मिला वाइबामाथि अनुसन्धान जारी

नेपालभ्युज

सातौं पटक म्याद थपेर शर्मिला वाइबामाथि अनुसन्धान जारी

काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई ब्ल्याकमेलिङ र कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सातौं पटक म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

शर्मिला पक्राउ परेको मौकामा ‘म्याकुरी’ र सुम्निमाबीच सम्बन्धविच्छेदको ‘भद्र सहमति’

‘म्याकुरी’ले प्रहरी वृत्त महाराजगन्जमा ब्ल्याकमेलिङ र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा दिएको उजुरीको आधारमा प्रहरीले वाइबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो ।

‘म्याकुरी’की श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी थिइन् ।

त्यसपछि शर्मिला वाइबालगायतले ‘म्याकुरी’लाई कुटेका थिए । एक युवतीलाई गर्भवती भएको नाटक गर्न लगाएर शर्मिलाले पवनलाई ब्ल्याकमेलिङ गरेको आरोप छ । सो भिडिओ देखाएर शर्मिलाले २५ लाख रुपैयाँ बार्गेनिङ गरेको म्याकुरीले आरोप लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved