ब्राजिलियन फुटबलर रोबिन्हो बलात्कार मुद्दामा दोषी, ९ वर्षको जेल सजाय

नेपालभ्युज

ब्राजिलियन फुटबलर रोबिन्हो बलात्कार मुद्दामा दोषी, ९ वर्षको जेल सजाय

काठमाडौं। एसी मिलान क्लबका पूर्व खेलाडी तथा ब्राजिलका स्ट्राइकर रोबिन्हो बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। उनलाई ९ वर्ष जेल सजाय तोकिएको छ ।

ब्राजिलको गैंरसंवैधानिक मुद्दाको लागि प्रचलित उच्च अदालतले यसअघि इटालीको अदालतले गरेको निर्णय वैध भएको ठहर गरेको छ।

सन् २०१७ मा इटालीको मिलानको अदालतले रोबिन्हो र अन्य पाँच ब्राजिलीलाई सन् २०१३ मा डिस्कोथेकमा अत्याधिक मात्रामा रक्सी खुवाएर सामूहिक बलात्कार गरेकोमा दोषी पाएको थियो।

सन् २०२० मा पुनरावेदन अदालतले सो सजायलाई पुष्टि गरेको थियो भने सन् २०२२ मा इटालीको सर्वोच्च अदालतले मान्यता दिएको थियो। रियल मड्रिड र म्यान्चेष्टर सिटीको लागि खेलेका रोबिन्हो ब्राजिलमा बस्दछन्।

उनले भने सो आरोप झुटो रहेको दाबी गर्दै आएका छन्। उनका वकिल जोश एडुआर्डो अल्कमिनले राष्ट्रिय सार्वभौमसत्ताको आधारमा ब्राजिलमा सो मुद्दालाई पुनः परीक्षण गर्न चाहेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved