पाँच वर्षमा ५ खर्बको सफ्टवेयर निर्यात गर्नेगरी आईटी क्षेत्रलाई प्राथमिकता दिएका छौं : अर्थमन्त्री पुन

नेपालभ्युज

पाँच वर्षमा ५ खर्बको सफ्टवेयर निर्यात गर्नेगरी आईटी क्षेत्रलाई प्राथमिकता दिएका छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि आईटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले गत आर्थिक वर्षमा मात्रै ७६ अर्ब बराबरको सफ्टवेयरहरू निर्यात भएको अवस्था रहेको भन्दै आईटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने प्रतिवद्धता जनाए ।

युवाहरूलाई मुलुकभित्र स्वरोजगार बनाउने र युवा विदेश पलायनबाट रोक्ने गरी सरकारले कार्यक्रमहरू ल्याउने उनले जानकारी दिए ।

साथै, अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब बराबरको सफ्टयेर नेपालबाट निर्यात गर्नसक्ने अवस्था रहेको दाबी गरे ।

सरकारले युवालाई आईटीमा लगानी गर्ने योजना रहेको बताउँदै अर्थमन्त्री पुनले हरेक वर्ष १० हजार भन्दा बढी नेपाली युवाहरू आईटीमा काम गरिरहेको पनि बताए ।

उनले आईटी क्षेत्रले युवा विदेश पलायनको डरलाग्दो अवस्थालाई रोक्ने र देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्र रूपमा निर्यात गर्नसक्ने भएकाले प्रमुख प्राथमिकतामा सरकारले राखेको उल्लेख गरे ।

उनले सरकारले आईटी क्षेत्र बाहेक अन्य कृषि, ऊर्जा , शिक्षा र स्वास्थ्य न्युनतम दायित्वको रूपमा राज्यले प्राथमिकता दिए समय अनुकुल सुधार गर्ने काम गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved