ओंठमा धेरै लिपिस्टिक लगाउँदा हुने असर

नेपालभ्युज

ओंठमा धेरै लिपिस्टिक लगाउँदा हुने असर

एजेन्सी । अनुहारको सुन्दरता बढाउन धेरै महिलाले लिपिस्टिक लगाउने गर्छन् । तर, यसको अत्यधिक प्रयोगले नोक्सान पनि हुन सक्छ ।

लिपिस्टिक धेरै प्रयोग गर्दा हुने असरबारे जानौं ।

  • धेरै लिपिस्टिक लगाउँदा ओंठ पोल्ने समस्या हुन सक्छ । त्यस्तै कम गुणस्तरका लिपिस्टिकले यस्तो समस्या एकपटकको प्रयोगबाट पनि हुन सक्छ । त्यसैले लिपिस्टिकको कम प्रयोग गर्नुहोस् ।
  • धेरै लिपिस्टिक लगाउँदा शरीरमा विषाक्त पदार्थ जम्मा हुन सक्छ । लिपिस्टिकमा भएको हानिकारक पदार्थ भोजनका क्रममा मुखबाट पेटमा पुग्दा यसले खराब गर्छ ।
  • धेरै लिपिस्टिक लगाइरहने गर्दा यसले ओंठमा चिलाउने समस्या पनि हुन सक्छ । यसमा हुने कपर अक्सीक्लोराइड प्रिजर्वेटिव एलर्जीको कारण बन्न सक्छ ।
  • कतिपयले लिपिस्टिकलाई आईस्याडो जसरी आँखामा पनि लगाउने गर्छन् । यसरी लगाउँदा आँखामा पनि समस्या हुन सक्छ । त्यसैले जुन सामग्री जहाँ लगाउनका लागि बनेको हो त्यहाँ मात्रै लगाउनु राम्रो हुन्छ ।
  • अत्यधिक लिपिस्टिक लगाउँदा ओंठहरु कालो हुने समस्या पनि हुन्छ । विशेषगरी गुणस्तरहिन लिपिस्टिकको प्रयोगले ओंठ एकदमै छिटो कालो हुन्छ ।
  • लिपिस्टिक लगाउनुअघि सधैं लिप बाम लगाउनु पर्दछ । यसो गर्नाले केमिकलहरु सिधा ओंठमा लाग्दैनन् ।
  • लिपिस्टिक लामो समय ओंठमा राख्नु हुँदैन । विशेषगरी सुत्नुअघि जहिले पनि लिपिस्टिक पुछ्नु पर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved