माओवादीसँग एकता गर्नेबारे कहिल्यै सोचेका छैनौँ : डा. बाबुराम भट्टराई

नेपालभ्युज

माओवादीसँग एकता गर्नेबारे कहिल्यै सोचेका छैनौँ : डा. बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरूले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नेबारे कहिल्यै नसोचेको बताएका छन् ।

बुधबार पार्टी मुख्यालय, सुविधानगर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

“नयाँका नाममा पुरानोतिर फर्कने कुरा हुँदैन । लोकतन्त्रमा आधारित समाजवाद र समाजवादउन्मुख अर्थतन्त्र भन्ने कुरालाई कार्यान्वयन गर्ने शक्ति निर्माण गर्न खोजेका हौँ,” अध्यक्ष भट्टराईले भने, “त्यसबाहेक अरु सोचेका छैनौँ । पुराना दलसँग एकता गर्नेबारे सोचेका छैनौँ ।”

यस्तै उनले पार्टीकै कतिपय नेताहरूको पछिल्लो अराजनीतिक गतिविधिका कारण पुरानोभन्दा नयाँ दलहरू किन फरक भन्ने गम्भीर प्रश्न उठेको बताए । “जनयुद्धकै पृष्ठभूमिबाट आएका कारण त्यसका बाँकी कार्यभार सम्पन्न गर्ने सन्दर्भमा त पुराना दलहरूसँग सहकार्य गर्ने कुरा छँदैछ । तर, त्यसबाहेक उनीहरूसँगै मिसिने भनेर हामीले कहिल्यै सोचेकै थिएनौँ । पुराना राजनीतिक शक्तिहरूबाट अग्रगामी विकास हुन सक्दैन,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved