प्रधानमन्त्री प्रचण्डले आज सांसदका प्रश्नको जवाफ दिने

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले आज सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विवादित मन्त्री नियुक्ति गरेको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको छ । सहकारी ठगी र सुन तस्करीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री र अर्थमन्त्री बनाएको भन्दै कांग्रेसले संसद अवरोध गरेको थियो ।

प्रधानमन्त्रीलाई सोधिने प्रश्न सांसदहरुले संसद सचिवलायलमा टिपाइसकेका छन् । यसअघि प्रधानमन्त्री प्रचण्डले फागुन ६ गते संसदमा सांसदको जवाफ दिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved