सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

नेपालभ्युज

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

काठमाडौं । सुन तस्करी प्रकरणमा  पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

पूर्वसभामुख समेत रहेका महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले  जानकारी दिए ।

महराले सरकारी वकिल कार्यालयमा बयानका क्रममा आफू अस्वस्थ्य रहेको बताएका थिए । त्यसलगत्तै म्याद लिन अदालत पुर्‍याइएको उनलाई अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved