इजरायलका प्रधानमन्त्री र जर्मनीका चान्सलरबीच भेटवार्ता

नेपालभ्युज

इजरायलका प्रधानमन्त्री र जर्मनीका चान्सलरबीच भेटवार्ता

तेल अभिव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार प्रधानमन्त्री कार्यालय जेरुसेलममा जर्मनीका चान्सलर ओलाफ सोल्जसँग भेट गरेका छन् । चान्सलरको यो तेस्रो इजरायल भ्रमण हो भने गाजामा हमासले युद्ध सुरु गरेपछिको दोस्रो भ्रमण हो ।

“इजरायली सैनिकहरूले आधुनिक समयका कुनै पनि अन्य सैनिकको तुलनामा नागरिक हताहत न्यूनीकरण गर्न धेरै काम गरेको छ र अन्य सैनिकको तुलनामा घना सहरी युद्ध र नागरिकलाई मानव ढालका रूपमा प्रयोग गर्ने हमासजस्ता लडाकूहरूको सामना गरेका छन्”, चान्सलरसँगको भेटपछि प्रधानमन्त्री नेतान्याहूले भने ।

इजरायलले मानवीय सहायता वृद्धिका लागि गरेका असामान्य प्रयास गरिरहेको उनले  बताए । यद्यपि हमासको लुटपाटले गाजामा यस्ता सहयता वितरणका लागि मुख्य अवरोध सृजना गरेको कुरा बताए ।

“हाम्रो नरसंहारका लागि प्रतिबद्ध हमास लडाकू समूहको अन्त्य गर्न सकिएन भने गाजाका लागि शान्तिको भविष्य छैन, इजराइलको भविष्य छैन । यसको अन्त्य गरिएन भने यो पुनःसङ्गठित हुनेछ र पुनःकब्जा गर्नेछ र नरसंहार बारम्बार दोहोरिनेछ”, प्रधानमन्त्री नेतान्याहूले भने ।  एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved