राप्रपाबाहेक सबै दल जनताको अग्नि परीक्षामा असफल भए : अध्यक्ष लिङदेन

नेपालभ्युज

राप्रपाबाहेक सबै दल जनताको अग्नि परीक्षामा असफल भए : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाबाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको दाबी गरेका छन् ।

सोमवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष लिङदेनले यस्तो दाबी गरेका हुन् ।

उनले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेको बताए ।

अध्यक्ष लिङदेनले मधेसको नेतृत्व गर्ने पार्टीहरुले गएको १५ वर्षमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरुबाट ५० जना नेताहरु मन्त्री हुने मौका पाएको तर मधेसका जनताको लागि काम गर्न नसकेको आरोप लगाए ।

उनले मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नभएको उल्लेख गरे ।

अब क्षेत्र र जातको कुरा गरेर जनताले विश्वास गर्ने अवस्था नभएको भन्दै जनताको आशा राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ रहेको उनले दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved