यी हुन् युक्रेनी सेनाले सार्वजनिक गरेका ५ जना नेपाली युद्धबन्दी

नेपालभ्युज

यी हुन् युक्रेनी सेनाले सार्वजनिक गरेका ५ जना नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनी सेनाले ५ जना नेपालीसहित ८ जना  विदेशी सैनिकलाई सार्वजनिक गरेको छ।

रसियासँगको युद्धका क्रममा बन्दी बनाइएकाहरुमा राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने रहेका छन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार युक्रेनी सेनाले सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक-एकजना सोमालिया र सियरालियोनाका नागरिक छन्।

तेस्रो देशका नागरिक युद्धमा सामेल नहुन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरिएको युक्रेनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved