पलेशा गोवर्धन पेरिस पारा ओलम्पिकमा छनोट

नेपालभ्युज

पलेशा गोवर्धन पेरिस पारा ओलम्पिकमा छनोट

काठमाडौं। पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी छन्।

चीनमा जारी पारा ओलम्पिकको एसियाली छनोटमा पलेशाले के ४४ को महिलातर्फ ५७ केजीमुनी तौल समूहमा स्वर्ण पदक जित्दै फ्रान्समा हुने ओलम्पिकमा छनोट भएकी हुन्।

यससँगै छनोट चरण पार गरेर पारा ओलम्पिकमा छनोट हुने पलेशा नेपालकी पहिलो नेपाली पारा खेलाडी बनेकी छन्। यसअघि तेक्वान्दोमा संगीना वैद्य र दीपक विष्टले मात्र पनि छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

आइतबार भएको छनोटको फाइनलमा पलेशाले इरानकी लेल्ला मिर्जाईलाई हराएकी हुन्। सेमिफाइनलमा भने पलेशाले उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गरेकी थिइन्। पलेशाको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved