अप्ठ्यारा अवस्थामा गरिएका सेयर बजारका कडाइ हटाउँछौँ : अर्थमन्त्री पुन 

नेपालभ्युज

अप्ठ्यारा अवस्थामा गरिएका सेयर बजारका कडाइ हटाउँछौँ : अर्थमन्त्री पुन 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अप्ठ्यारो अवस्थामा गरिएको सेयर बजारको कडाइलाई बिस्तारै खुकुलो बनाउँदै लैजाने बताएका छन् ।

आइतबार नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सेयर बजारमा भएका अप्ठ्यारा नीतिनियमहरुलाई सरकार र नियामकीय निकायले बिस्तारै हटाउँदै लैजाने बताएका हुन् ।

सेयर बजारमा पछिल्लो समय  लगानीको आशा पलाउँदै गइरहेको उनको भनाई छ । उनले सेयर बजार थप सुधार्नका लागि सरकारलाई लगानीकर्ता र विज्ञहरूबाट सुझाव पनि आइरहेको बताए ।

उनले भने ‘हिजो अप्ठ्यारो समयमा सेयर बजारमा नेपाल राष्ट्र बैंकमार्फत लगाइएको केही नियामकीय कडाइ छन् त्यसलाई अब बिस्तारै खुकुलो पार्दै लैजानुपर्छ । त्यो काम सरकारले गर्छ, नियामकीय निकायले गर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved