एजेन्सी । शरीरसँग जोडिएको हरेक हिस्साले वास्तुशास्त्रअनुसार कुनै न कुनै संकेत दिने गर्छ ।
शास्त्रहरुमा कैयौं त्यस्ता चिन्हहरुका बारेमा पनि बताइएको छ जसले मानिसलाई धन आउने संकेत दिने गर्छ ।
त्यस्तै, चिन्हमध्ये एउटा हो हात चिलाउनु । वास्तु तथा ज्योतिष विशेषज्ञका अनुसार हात चिलाउँदा कस्तो संकेत दिन्छ जानौं ।
तपाईंले सुन्दै पनि आउनुभएको होला ‘पैसा आउँदैछ कि कतैबाट हात एकदमै चिलाइरहेको छ ।’ शास्त्रमा हात चिलाउनुले मानिसलाई भाग्यवान हुने इशारा गर्दछ ।
सामुद्रिक शास्त्रका अनुसार व्यक्तिको बायाँ हात चिलाउनुको अर्थ हुन्छ उसको धन हानी हुन सक्छ । यस्तोमा सम्हालिएर काम गर्नुपर्ने हुन्छ ।
वास्तुशास्त्रअनुसार व्यक्तिको दाहिने हात चिलाउँछ भने रुपैंया पैसा आउने संकेत हुन्छ । यस्तोमा बिनाकारण डराउनुपर्ने आवश्यकता हुँदैन ।
हिन्दु धर्मका मान्यताहरुका अनुसार महिलाहरुको बायाँ हातमा चिलाउनुको अर्थ हुन्छ उनीहरुको भाग्यमा उदय हुँदैछ । त्यस्तै, महिलाहरुको दायाँ हात चिलाउनु भने अशुभ मानिन्छ । यसको अर्थ तपाईंको पैसा नोक्सान हुँदैछ ।
हिन्दु धर्मका मान्यताहरुमा बायाँ हात चिलाउनुलाई लक्ष्मी रुष्ट भएको मानिन्छ तर हत्केलामा चिलाउनुले फरक-फरक संकेत पनि दिने गर्छ ।
Facebook Comment
Comment