एजेन्सी । कतिपयले कपालको स्याहार गर्ने क्रममा साना साना गल्ती गर्ने गर्छन् । केही मानिसले कपाल धुन साबुनको प्रयोग गर्छन् । विशेषगरी पुरुषले कपाल नुहाउँदा साबुनको प्रयोग बढी गर्छन् ।
यो एकदमै गलत हुन्छ । यसले कपाललाई हानी मात्र पुर्याउँछ ।
साबुनले धुँदा कपाल धेरै रुखो र सुख्खा हुने गर्छ । यसमा एल्कलाइन हुन्छ जसले कपालको प्राकृतिक चिल्लोपना नै निकालिदिन्छ र कपाल एकदमै रफ हुन्छ ।
साबुनमा कयौं प्रकारका हानिकारक केमिकल हुन्छन् त्यसैले यसको प्रयोग कपालका लागि हानिकारक हुन्छ । यसले स्काल्प सुख्खा हुन्छ र चिलाउने तथा पोल्ने जस्तो समस्या पनि हुन सक्छ ।
साबुनले धुँदा कपालको प्राकृतिक चमक पनि खराब हुन्छ । यसले कपालको प्राकृतिक सुन्दरता नै हराउँछ ।
नियमित साबुनले धुँदा कपाल ड्यामेज हुन्छन् । जसले गर्दा कपाल सुख्खा तथा एकदमै कमजोर हुन्छन् । कपाल झर्ने तथा टुक्रिने समस्या हुन्छ ।
त्यस्तै साबुनले नुहाउँदा कपालमा हुने अर्को नोक्सान भनेको चाँया पनि हो । साबुनले कपाल नुहाउँदा सुख्खा हुन्छ जसले गर्दा चाँया निस्कन थाल्छ ।
सधैं कपालको प्रकारअनुसार हानिरहित स्याम्पु खरिद गर्नुहोस् । यसबाहेक केही घरेलु उपायहरु पनि अपनाउन सक्नुहुन्छ ।
जस्तै निमको पानी, कागती, अमला, अन्डा आदि प्रयोग गरेर कपाल सुन्दर बनाउन सकिन्छ ।
Facebook Comment
Comment