हङकङ भ्रमणमा गएको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो (तस्वीरसहित)

नेपालभ्युज

हङकङ भ्रमणमा गएको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो (तस्वीरसहित)

काठमाडौं। विश्वकप टी–२० क्रिकेटको तयारी स्वरुप हङकङ भ्रमणमा गएको राष्ट्रिय नेपाली टोली स्वदेश फर्किएको छ।

नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले नेपाली टोलीलाई शुक्रबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन्।

मार्च ९ मा हङकङमा नेपाल घरेलु टोलीसँग फ्रेण्डसीप कपमा पराजित भएको थियो। मार्च १० मा त्रिदेशीय टी–२० सिरिजको हङकङ र नेपालबीचको पहिलो खेल वर्षाको कारण रद्द हुँदा दुवै टोलीले १–१ अंक पाएको थियो।

१२ मार्चमा पपुवा न्यूगिनी (पीएनजी)ले हङकङ र नेपालसँग प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो। दोस्रो खेलमा घरेलु टोलीलाई हराउँदै पीएनजी फाइनल पुगेको थियो।

फाइनलमा भने नेपाल पीएनजीसँग पराजित भएको थियो।

(तस्वीर स्रोत : क्यान/फेसबुक)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved