आईसीसीका अध्यक्ष बार्क नेपाल भ्रमणमा आउँदै

नेपालभ्युज

आईसीसीका अध्यक्ष बार्क नेपाल भ्रमणमा आउँदै

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्क नेपाल भ्रमणमा आउने भएका छन् । बार्कले  आगामी १८ देखी २१ मार्च (५ देखी ८ चैत) सम्म नेपाल भ्रमण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

तीन दिने भ्रमणका क्रममा बार्कले टियू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको भ्रमण गर्ने बताइएको छ । उनले प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

बार्कले उच्च स्तरीय भेटघाटका क्रममा नेपालको क्रिकेट विकासमा आइसिसीले गर्न सक्ने सहयोगका बारेमा समेत छलफल गर्ने छन्। क्यानले बार्कको भ्रमणले नेपाली खेलकुद क्षेत्रमा थप अवसरको खोजिमा महत्वपूर्ण हुने विश्वास लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved