यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्छ : सन्तोष परियार

नेपालभ्युज

यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यो सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्ने बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले वर्तमान सरकार देश र जनताको हितमा काम गरुन्जेल टिक्ने बताएका हुन् ।

उनले सरकार संविधानले व्यवस्था गरे अनुरुपको जनताको अधिकार सुनिश्चित गर्ने बाटोमा रहेसम्म रहिरहने बताए । उनले वर्तमान राजनीतिक व्यवस्था, समावेशिता तथा कानुन निर्माणको सम्बन्धमा प्रश्न उठेपछि नयाँ सरकार बनाउन रास्वपाले पहलकदमी लिएको बताए ।

प्रमुख सचेतक परियारले गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेको भरमा प्रश्न उठाउने नैतिकता कसैको नभएको बताए । उनले गृहमन्त्री लामिछानेलाई प्रश्न गर्नेहरुले नै प्रधानमन्त्री पदको अफर गरेको भन्दै सो प्रश्नको कुनै गाम्भिर्यता नभएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved