छात्रा कुटपिट प्रकरण : होस्टल सञ्चालक रेग्मीलाई कारबाही गर्न जिप्रकाको निर्देशन

नेपालभ्युज

छात्रा कुटपिट प्रकरण : होस्टल सञ्चालक रेग्मीलाई कारबाही गर्न जिप्रकाको निर्देशन
ज्ञापनपत्र बुझाउँदै

काठमाडौं । नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकाल्ने महिलालाई कानूनबमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, मोरङले निर्देशन दिएको छ ।

विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटुवाल रेग्मीले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई कुटपिट गरेकी थिइन् ।

पीडितको उजुरको आधारमा उनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरिसकेको छ ।

होस्टलमा विद्यार्थीलाई लछारपछार गर्ने महिला प्रहरीको नियन्त्रणमा, के होला कारबाही ?

जिल्ला प्रशासनले जिल्ला प्रहरी कार्यालय, विराटनगरलाई कानूनबमोजिम रेग्मीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

स्वतन्त्र विद्यार्थी युनियन, चिकित्सा शास्त्र अध्ययन संस्थान र विराटनगर नर्सिङ क्याम्पसले जिप्रकालाई बुधबार ज्ञापनपत्र बुझाएको थियो । सो पत्रपछि जिप्रकाले आवश्यक प्रक्रिया अघि बढाउन जिल्ला प्रहरीलाई निर्देशन दिएको हो ।

नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकालियो, किताब-कपडा पनि यसरी फालिन् सञ्चालकले (भिडिओ)

होस्टलकी सञ्चालक रेग्मीलाई कुन कसुरमा मुद्दा चलाउने भन्ने छलफल भइरहेको प्रहरीले जनाएको छ । ‘अभद्र व्यवहार सम्बन्धी कसुर वा अरू कुनै कसुरमा मुद्दा चलाउने भन्ने छलफलमा छौँ,’ प्रहरीले स्रोतले भन्यो ।

प्रशासनको निर्देशन पत्र-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved