त्रिदेशीय टी–२० क्रिकेट सिरिज

पीएनजीले दियो नेपाललाई १७२ रनको लक्ष्य, कुशल र आकाशले लिए ३–३ विकेट

नेपालभ्युज

पीएनजीले दियो नेपाललाई १७२ रनको लक्ष्य, कुशल र आकाशले लिए ३–३ विकेट

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ।

मोङककमा जारी खेलमा पीएनजीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १७१ रन बनाएको हो।

पीएनजीका लागि टोनी उराले ३७ बलमा ६१ रन बनाए । सो क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे।

५.२ ओभरमा ४ विकेट लिएर कसिलो बलिङ प्रदर्शन गरेको नेपाललाई त्यसपछि विकेट लिन भने त्यति सहज भएन।

नेपालका लागि कुशल भूर्तेल र आकाश चन्दले ३–३ विकेट लिए। करण् केसी र गुल्शन झाले भने १–१ विकेट लिए। टस जितेर नेपालले बलिङ रोजेसँगै पीएनजी ब्याटिङमा उत्रिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved