रुसी सेनाको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

नेपालभ्युज

रुसी सेनाको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

काठमाडौं । रुसी सेनाको कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ । विमानमा ८ जना चालक दलका सदस्य र अरु ७ जना गरी १५ जना सवार थिए ।

विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेका कारण जहाज दुर्घटनामा परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । विमान उड्ने बेलामा नै इन्जिनमा खराबी आएको बताइएको छ ।

राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा विमान दुर्घटना भएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved