प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्वीप

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्वीप
फाइल फोटो

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेको एमालेका प्रमुख सेचतक महेश बर्तोलाले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीले ह्वीप जारी गरेको छ, सरकारलाई बलियो बनाउनु पर्ने छ । प्रभावकारी काम गर्नुपर्ने अवस्था छ ।’

प्रतिनिधिसभामा एमालेका ७६ सांसद छन् ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले बुधबार विश्वासको मत लिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved