के तपाईं औंला पड्काउनुहुन्छ ? सावधान हुनुहोस्

नेपालभ्युज

के तपाईं औंला पड्काउनुहुन्छ ? सावधान हुनुहोस्

एजेन्सी । धेरै मानिसहरुको बानी हुन्छ खाली समयमा औंला पड्काउने । डाक्टरका अनुसार हात वा खुट्टाका औंलाहरु पड्काउँदा हड्डीहरुमा नराम्रो असर पर्छ ।

यसले हड्डी कमजोर हुन सक्छन् र काम गर्ने क्षमता पनि कम हुन्छ । यस्तो बानी तुरुन्तै छोड्नुपर्दछ । खासगरी औंलाको जोर्नी, घुँडा तथा कुहिनाको जोर्नीमा एउटा खास प्रकारको तरल पदार्थ पाइन्छ । यसलाई साइनोभियल फ्लुइड भनिन्छ । यो लिक्विडले हड्डीलाई एकअर्कासँग रगडिनबाट जोगाउँछ ।

हड्डीमा हुने ग्यासले त्यहाँ साना फोकाहरु बनाउँछ । यही क्रममा जब हामी औंला पड्काउँछौं ती फोकाहरु फुट्छन् र प्वाटको आवाज आउँछ । यसबाहेक पटक-पटक औंला पड्काउँदा हड्डीको बीचको लिक्विड पनि कम हुन थाल्छ । यसले दुई हड्डीबीचको जोर्नीलाई कमजोर बनाउँछ । जसले गर्दा बाथ जस्तो समस्या आउन सक्छ ।

त्यस्तै, केही अध्ययनअनुसार औंला पड्काउँदा नकारात्मक प्रेसर बन्छ जसले औंलाबाट प्वाटको आवाज आउँछ । यस्तो बेला कैयौंपटक औंला दुख्ने तथा सुन्निने समस्या पनि हुने गर्छ । यस्तो लगातार गरेमा पछि गएर दीर्घकालिन समस्या आउन सक्छ । त्यसैले औंला पड्काउनु राम्रो बानी होइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved