त्रिदेशीय टी–२० क्रिकेट सिरिज

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

नेपालभ्युज

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।

हङकङस्थित मिसन रोड ग्राउन्डमा जारी खेल वर्षाका कारण घरेलु टोलीले ८ ओभरमा २ विकेटको क्षतिमा ६५ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।

खेल पुनः सुरु हुन नसकेपछि नेपाल र हङकङले १–१ अंक बाँडेका छन् ।

यसअघि, गुल्शन झाले कप्तान निजाकत खानलाई २५ रनमा आउट गर्दै नेपाललाई दोस्रो विकेट दिलाएका थिए। हङकङले ५ ओभरमा १ विकेटको क्षतिमा ४३ रन बनाउँदा पनि खेल वर्षाका कारण रोकिएको थियो।

करण केसीले नेपालका लागि पहिलो बलमा नै विकेट लिएका थिए। टस जितेर नेपालले बलिङ रोजेसँगै हङकङ ब्याटिङमा उत्रिएको थियो।

अब मंगलबार नेपाल र पपुवा न्युगिनी पीएनजी आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved