त्रिदेशीय टी–२० क्रिकेट सिरिज

नेपाल र हङकङबीचको खेल वर्षाले फेरि प्रभावित

नेपालभ्युज

नेपाल र हङकङबीचको खेल वर्षाले फेरि प्रभावित

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण फेरि प्रभावित भएको छ।

हङकङस्थित मिसन रोड ग्राउन्डमा जारी खेल वर्षाका कारण फेरि रोकिएको हो। हङकङले ८ ओभरमा २ विकेटको क्षतिमा ६५ रन बनाउँदा वर्षाका कारण खेल रोकियो।

यसअघि, गुल्शन झाले कप्तान निजाकत खानलाई २५ रनमा आउट गर्दै नेपाललाई दोस्रो विकेट दिलाएका थिए। हङकङले ५ ओभरमा १ विकेटको क्षतिमा ४३ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको थियो।

करण केसीले नेपालका लागि पहिलो बलमा नै विकेट लिएका थिए। टस जितेर नेपालले बलिङ रोजेसँगै हङकङ ब्याटिङमा उत्रियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved