जसपाका मन्त्रीहरुको आज सपथको तयारी

नेपालभ्युज

जसपाका मन्त्रीहरुको आज सपथको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको आज सपथको तयारी गरिएको छ ।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साहलाई आज नै शपथ गराउने तयारी भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु अगावै जसपालाई समेटेर मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।

फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । गठबन्धन सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सहभागी भइसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved