तपाईंको तौल बढिरहेको छैन भने हुन सक्छ यस्तो कारण

नेपालभ्युज

तपाईंको तौल बढिरहेको छैन भने हुन सक्छ यस्तो कारण

एजेन्सी । कतिपयलाई तौल घटाउनका चिन्ता हुन्छ भने कतिपयलाई तौल नबढ्नु पनि एउटा चिन्ताको विषय हुन्छ । तपाईं पनि विभिन्न तरिका अपनाएर तौल बढाउन सकिरहनु भएको छैन भने हामी आज त्यही बारे जान्नेछौं ।

यसरी तौल नबढ्नुका पछाडि विभिन्न कारण हुन सक्छन् त्यसैले पहिला ती कारण जान्नुपर्ने हुन्छ-

इरिटेबल बाउल सिन्ड्रोम

यो समस्या आन्द्रासँग जोडिएको समस्या हो । यस रोगमा तपाईंको तौल बढ्न सक्दैन । यसले तपाईंको शरीरमा भोजन लाग्न दिँदैन ।

पोषणको कमी

तपाईं खाना त धेरै खाइरहनु भएको छ तर पोषणयुक्त खाना खानुभएको छैन भने पनि समस्या हुन सक्छ । सन्तुलित भोजन लिने कोसिस गरेर तपाईं आफ्नो तौल बढाउन सक्नुहुन्छ ।

तेज मेटाबोलिज्म

तौल नबढ्नुका पछाडि एउटा कारण मेटाबोलिज्म तेज हुनु पनि हो । यस्तोमा खाना सजिलै पच्ने गर्छ र तपाईंको शरीरको तौल बढ्न पाउँदैन । उच्च मेटाबोलिज्म भएका व्यक्तिले धेरै क्यालोरी लिनुपर्ने हुन्छ ।

मधुमेह

मधुमेहका बिरामीको तौल पनि तीव्र गतिमा घट्ने गर्छ । तौल बढाउनका लागि मधुमेहलाई ठिक पार्नुपर्ने हुन्छ ।

खानपानको गलत बानी

तपाईंको तौल बढिरहेको छैन भने यसको पछाडि गलत खानपान पनि हुन सक्छ । समयमा खाना नखाने, धेरै जंक खाने, रक्सी सेवन आदिले पनि तौल बढ्दैन ।

वान्ता

तपाईंलाई धेरैजसो वान्ताको समस्या हुने गर्छ भने पनि तौल बढ्दैन । यस्तो व्यक्तिलाई खानामा रुची जाग्दैन जसले गर्दा तौल पनि बढ्दैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved