महिनावारी बन्द हुने सही उमेर कति हो ?

नेपालभ्युज

महिनावारी बन्द हुने सही उमेर कति हो ?

एजेन्सी । महिलाले प्रायः महिनावारी कहिले बन्द हुन्छ भनेर सोंच्छन । तपाईंले पनि यो प्रश्नको उत्तर खोजिरहनु भएको छ भने आउनुहोस् जानौं ।

कोही महिलालाई लामो समयसम्म महिनावारी नभएर गर्भवती हुने सम्भावना कम भयो भने यस्तो स्थितिलाई मेनोपज भनिन्छ ।

महिनावारीको प्रक्रियामा हरेक महिलामा फरक-फरक लक्षण देखिने गर्छ ।

मेनोपजको सही उमेर भन्ने हो भने ४५ देखि ५० वर्षको बीचका महिलामा यसको सुरुआत हुन्छ । तर, यो स्थिति हरेक शारीरिक अवस्था अनुसार फरक देखिने गर्छ । केही महिलामा यो उमेर भन्दा अगाडि पनि मेनोपज देखिने सक्छ र यो प्रक्रिया सकिन भने समय लाग्ने गर्छ ।

मेनोपजको प्रक्रिया चार वर्षदेखि १० वर्ष लामो पनि हुन सक्छ । यस्तोमा तपाईंको महिनावारी रोकिएको छ भने चार वर्ष वा त्यो भन्दा अगाडि पुनः रक्तश्राव हुने सम्भावना रहिरहन्छ । यस्तो दश वर्षसम्म हुन सक्छ ।

मेनोपजको स्थितिमा विभिन्न लक्षण देखिन्छन् । जस्तै रातमा धेरै पसिना आउनु, मुडमा परिवर्तन र चिडचिडापन, डिप्रेशन तथा तनाव बढ्ने, निद्रासँग जोडिएका समस्या, छाला रुखो हुने, पटकपटक पिसाब लाग्ने जस्ता समस्या हुन्छन् ।

मेनोपजको क्रममा धेरैजसो खुकुलो तथा सजिलो कपडा लगाउनुपर्दछ । यस क्रममा महिलाले अत्यधिक क्यालोरी लिनबाट पनि नियन्त्रण गर्नुपर्छ । महिलाले स्वस्थ खानपान तथा जीवनशैली अपनाउनुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved