एजेन्सी । महाशिवरात्रीको मौकामा प्रायः शिवका भक्त व्रत बसेका छन् । कतिपयले व्रतमा फलफूल आदि खान्छन् भने कतिपयले केही पनि नखाई व्रत पूरा गर्छन् ।
यदि तपाईं पनि व्रतको समयमा खान मिल्ने चिज सेवन गर्नुहुन्छ भने हामीले कसरी हाइड्रेट रहने भनेर बताउनेछौं । जसले गर्दा तपाईं व्रतमा पनि कमजोरी महसुस गर्नुहुनेछैन ।
नरिवल पानी पिउनुहोस्
व्रतमा आफूलाई हाइड्रेट राख्नका लागि नरिवलको पानी पिउन सकिन्छ । यसमा म्याग्नेशियम र पोटाशियम जस्ता केही इलेक्ट्रोलाइट हुन्छन् । नरिवल पानीले शरीरमा ऊर्जा पनि दिन्छ ।
पानी पिउने
व्रतका क्रममा आफूलाई हाइड्रेट राख्न समय समयमा पानी पिउनुहोस् । यदि तपाईं कतै बाहिर गइरहनु भएको छ भने पानीको बोतल आफूसँग राख्नुहोस् ।
रसिला फलको सेवन
व्रतका क्रममा शरीरलाई हाइड्रेट तथा ऊर्जावान राख्न रसिला फल सेवन गर्न सकिन्छ । जसमा सुन्तला, अंगुर, स्ट्रबेरी, मेवा आदि पर्दछन् ।
लस्सी पिउने
लस्सीमा ८० प्रतिशत पानीको मात्रा हुन्छ । शरीरमा पानीको कमी भगाउनका लागि व्रतका क्रममा लस्सी वा मही पिउनु पनि एकदमै राम्रो उपाय हो ।
तरबुजाको जुस
व्रतका क्रममा तरबुजाको जुस पिउनु पनि एकदमै फाइदाजनक हुन्छ । ९० प्रतिशत पानीले भरिएको तरबुजाले तपाईंलाई हाइड्रेट राख्न सहयोग गर्छ ।
Facebook Comment
Comment