भगवान शिवका यी राम्रा गुण, जीवनमा अपनाउँदा भइन्छ सफल

नेपालभ्युज

भगवान शिवका यी राम्रा गुण, जीवनमा अपनाउँदा भइन्छ सफल

एजेन्सी । भगवान शिवको स्वभावले जीवनमा एकदमै धेरै कुरा सिकाउँछ । शिवलाई जसरी प्रस्तुत गरिएको छ त्यसमा उनी जति शान्त छन् त्यति नै क्रोधित पनि हुन्छन् ।

भगवान शिवलाई हिन्दु धर्ममा देवताको पनि देवता महादेवता भनिन्छ । उनको जीवन र स्वभावबाट सिकेर आफूलाई सफल बनाउन सकिन्छ ।

शिवका केही गुण छन् जसलाई जीवनमा अघि बढ्नका लागि काम लाग्न सक्छन् । जानौं ती गुण बारे –

आफूलाई नियन्त्रित राख्ने

भगवान शिवमा एकदमै धेरै संयम थियो । जब उनी ध्यानमा बस्दथे उनलाई कसैले पनि ध्यान भंग गर्न सक्दैनथ्यो । उनको यो गुणलाई हामीले पनि आफ्नो जीवनमा उतार्न सक्छौं ।

सकारात्मक रहनु

शिव जसरी हामीले पनि जीवनमा हुने नकारात्मक घटनालाई टाढा राखेर सकारात्मक बन्न सक्छौं । यसले जीवन जिउन पनि धेरै सजिलो हुनेछ ।

गुणलाई चिन्ने

भगवान शिवको व्यक्तित्वले हामीलाई कसरी सुन्दरताको सट्टा गुणलाई छान्ने भनेर सिकाउँछ । यसले जीवनलाई अझै सजिलो बनाइदिन्छ ।

प्राथमिकता

भगवान शिवले सबैभन्दा माथि आफ्नी श्रीमती र प्रेमलाई राखेका थिए । उनले आफ्ना भक्त र भित्रलाई पनि बराबर स्थान दिए । यसले उनको जीवनमा प्राथमिकतालाई दर्शाउँछ ।

खुलेर जीवन जिउने

हामीले सधैँ खुलेर जिवन जिउनु पर्छ । यसले हामीलाई सधैं प्रसन्न र सफल बनाउँछ । भगवान शिवको व्यक्तित्वबाट आफूलाई पूर्ण रुपमा जिउने शिक्षा प्राप्त हुन्छ ।

सादा जीवन

भगवान शिवको व्यक्तित्वमा देखाउने तथा ढोंग रच्ने खालको व्यवहार छैन । किनकि उनीसँग सधैं एउटा डमरु र त्रिशुल नै हुन्थ्यो । यसले के देखाउँछ भने उनी बनावटी तथा भौतिक चीजका पछाडि भाग्दैनथे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved