बूढानीलकण्ठ बैठकको निष्कर्ष- प्रचण्डबाट ‘धोका’ भयो

नेपालभ्युज

बूढानीलकण्ठ बैठकको निष्कर्ष- प्रचण्डबाट ‘धोका’ भयो
फाइल तस्वीर

काठमाडौं । तत्कालीन सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  धोका‌ दिएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको सत्ता गठबन्धनका पूर्व घटकहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो  ।

बैठकले निर्वाचन अघिदेखि बनेको गठबन्धन तोड्दा प्रचण्डले सहयात्री दलसँग एकपटक पनि छलफल नगर्नुलाई धोका भएको बैठकपछि कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए ।

उनले भने,“हामी सत्ता गठबन्धनका साझेदारहरू छलफलमा बसेका हौँ । गठबन्धन छोड्ने यत्रो ठूलो निर्णय गर्दा प्रधानमन्त्रीजीले एकपटक पनि गठबन्धनका दलसँग छलफल गर्नुभएन । यो उहाँले गठबन्धनमाथि गरेको ‘धोकाधडी’ हो भन्ने निष्कर्ष रह्यो ।”

यस्तै बैठकमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले   वर्तमान सत्ता गठबन्धन यहाँको सत्ता सञ्चालनसँग मात्र नभएर शक्ति केन्द्रको स्वार्थसँग जोडिएको बताए ।

बैठकमा  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी सहभागी थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved