गठबन्धनमा सहभागी हुन ओली र प्रचण्डको प्रस्तावमा माधव नेपाल सकारात्मक

नेपालभ्युज

गठबन्धनमा सहभागी हुन ओली र प्रचण्डको प्रस्तावमा माधव नेपाल सकारात्मक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा सहभागी हुन एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई औपचारीक प्रस्ताव गरेका छन् ।

कोटेश्वरस्थित नेपाल निवासमा मंगलबार साँझ भएको भेटमा भेटमा प्रधानमन्त्री  प्रचण्ड र  अध्यक्ष  ओलीले उक्त प्रस्ताव गरेका हुन् ।

उनिहरुको प्रस्तावमा अध्यक्ष नेपाल सकारात्मक रहेको भेटमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

करिब २ घण्टा चलेको छलफलमा  नेपालले बुधबार पार्टीको बैठक बसेर निर्णय लिने जवाफ दिएको पनि उनले बताए ।  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved