झापा । छैठौं झापा गोल्डकपको मंगलबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरको छ ।
विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी गोल्डकपको क्वार्टरफाइनल खेलमा न्यूरो टिम एनआरटीलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो ।
चर्च ब्वाइज स्टाइकर अवयामी फकुल्नेको गोलमा विजयी भएको हो । खेलको ३६औं मिनेटमा सञ्जित राईको पासमा अवयामीले गोल गरे ।
पहिलो हाफमा लिग विजेता चर्च ब्वाइजले एनआरटीलाई दबाबमा राखिरहेको थियो भने दोस्रो हालमा एनआरटीले चर्च ब्वाइजलाई दबाबमा राख्यो खेलमा फर्कन सकेन ।
पाएको अवसरलाई एनआरटीले सदुपयोग गर्न सकेन । खेलको ८६औं मिनेटमा चर्च ब्वाइज अग्रतालाई दोब्बर बनाउने अवसरलाई सदुपयोग गर्न सकेन ।
यो जितसँगै चर्च ब्वाइजले आयोजक झापा ११ र एन्फा मकवानपुरबीचको विजेता टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
चर्च ब्वाइज यसअघि भएको खेलमा पुलिस क्लबलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटी बाई पाएर क्वाटरफाइनल खेल खेल्न आइपुगेको हो ।
Facebook Comment
Comment